२०८३ असोज २४ गते शनिबार

हेल्प नेपाल स्पोर्ट्सले जित्यो टाइगर कपको उपाधि

हेल्प नेपाल स्पोर्ट्सले जित्यो टाइगर कपको उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ६ गते शनिबार ०५:२५

हेल्प नेपालले चौथो सेटमा २५–१७ मा जित निकाल्दै उपाधि जित्न सफल भयो

उपाधिसँगै हेल्प नेपाललाई ५ लाख ५५ हजार ५ ५ रुपैयाँ

पाेखरा

टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले चौथो टाइगर कप भलिबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले आयोजक गण्डकी प्रदेशलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो ।

पोखरा रंगशाला भलिबल कोर्टमा पहिलो सेट २५–१३ मा जितेको हेल्प नेपालले दोस्रो सेटमा २५–१८ मा जित निकाल्न सफल भयो ।

हेल्प नेपालले तेस्रो सेटमा भने जित निकाल्न सकेन । तेस्रो सेट गण्डकीले २६–२४ को जित निकाले पनि चौथो सेटमा हेल्प नेपालले जित निकाल्यो ।

हेल्प नेपालले चौथो सेटमा २५–१७ मा जित निकाल्दै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

दोस्रो भएको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

प्रकाशित मिति २०८० माघ ६ गते शनिबार ०५:२५
हजुरको प्रतिक्रिया