२०८३ साउन २१ गते बिहीबार

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १० गते बुधबार ०९:५१

खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

पोखरा ।

दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

नेपालले १९ वर्ष मुनिको विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ । सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यो समूहमा नेपाल, न्युजिल्यान्ड , पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

श्रीलंका र नामिबीया तथा वेस्ट इण्डिज र स्कटल्याण्डबीचको खेल पनि आजै हुँदैछ ।

प्रकाशित मिति २०८० माघ १० गते बुधबार ०९:५१
हजुरको प्रतिक्रिया