२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा ‘भोट क्रस’ भएर एमालेमा जाँदा पनि गठबन्धन नै विजयी

गण्डकीमा ‘भोट क्रस’ भएर एमालेमा जाँदा पनि गठबन्धन नै विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ११ गते बिहीबार ०५:२३

कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा विजयी

एमालेका उम्मेदवारले गठबन्धनको मत ताने

पोखरा
गण्डकीमा भोट क्रस भएर एमालेका उम्मेदवारका पक्षमा खस्दा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा विजयी भएका हुन् ।

अन्यतर्फ किरणबाबुको पक्षमा ३ हजार ८०८ मतभार परेको छ । मनरुपाले ३ हजार ६६० मत पाएकी छन् भने परियारले ३ हजार ७७९ मतभार ल्याएका छन् ।

एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता/अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए भने महिलातर्फ सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन् ।

एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ । तर, एमालेका सबै उम्मेदवारले बढी मत पाएको देखिएको छ ।

गण्डकीमा स्थानीय तह र प्रदेशमा जितेका प्रतिनिधिहरुको अंकगणितअनुसार गठबन्धनको ३ हजार ८२७ मतभार थियो । तर, सबै गठबन्धनका उम्मेदवारले कम मत प्राप्त गरेको देखिएको छ ।

२ सांसद रहेका राप्रपाबाट २ उम्मेदवार थिए । उसको पक्षमा २ जनाकै मतभार १ सय ६ देखिएको छ ।

प्रकाशित मिति २०८० माघ ११ गते बिहीबार ०५:२३
हजुरको प्रतिक्रिया