२०८३ असोज २३ गते शुक्रबार

पोखरा थिएटरमा अभिनय कक्षा शुरू हुँदै

पोखरा थिएटरमा अभिनय कक्षा शुरू हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २८ गते आइतबार ०४:२१

पाेखरा । लामो समयदेखि सुनसान बनेको पोखरा थिएटरले आफ्ना गतिविधिलाई पुनः संचालनमा ल्याउने भएको छ । यही पौष १९ गतेबाट अभिनय कक्षा शुरु हुने छ भने अभिनय तथा रंग क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको लागि लक्षित गरेर कक्षा सञ्चालन गर्न...

पाेखरा । लामो समयदेखि सुनसान बनेको पोखरा थिएटरले आफ्ना गतिविधिलाई पुनः संचालनमा ल्याउने भएको छ ।

यही पौष १९ गतेबाट अभिनय कक्षा शुरु हुने छ भने अभिनय तथा रंग क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको लागि लक्षित गरेर कक्षा सञ्चालन गर्न लागिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए। अभिनय कक्षा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा सञ्चालन गरिने बताइएको छ ।

पोखरा थिएटरले नयाँ प्रतिभालाई रंगक्षेत्रमा ल्याउन अभिनय कक्षा निरन्तर सञ्चालन गर्दै आएको छ अध्यक्ष परिवर्तनले भने–‘चौथो ब्याचको रुपमा हामीले पौष १९ गतेबाट २० जना प्रशिक्षार्थीलाई लिएर नयाँ अभिनय कक्षा संचालन गर्दैछौ । भर्ना प्रक्रिया शुरु भइसकेको उनले बताए ।

अभिनय कक्षा तीन महिना अवधिको हुनेछ । लाइफ स्किल, ड्रामा, थिएटर, एक्टिङ र प्रोडक्सन क्षेत्रका बारेमा विद्यार्थीले जान्ने मौका यस अभिनय कक्षाबाट प्राप्त गर्न सक्नेछन् । तीन महिनासम्म दैनिक ३ घण्टाको दरले हप्तामा ५ दिन कक्षा हुनेछ ।

कोभिड १९ को प्रभावले आक्रान्त परिरहेको रंगमन्चलाई जीवन्त राख्न थिएटरले यस अगाडि अभिनय तथा निर्देशन सम्बन्धी भर्चुअल कक्षा समेत सञ्चालन गरेका थियो । दुई बर्षको अवधिमा मात्र पोखरा थिएटरमा ४८ वटा नाटक मञ्चन भएका थिए ।

प्रकाशित मिति २०७७ मंसिर २८ गते आइतबार ०४:२१

हजुरको प्रतिक्रिया