२०८३ असोज २४ गते शनिबार

गण्डकी प्रदेश

गण्डकीमा एमाले जिल्ला अधिवेशनः म्याग्दीमा सर्वसम्मत (कुन जिल्लामा कहिले ?)

गण्डकीमा एमाले जिल्ला अधिवेशनः म्याग्दीमा सर्वसम्मत (कुन जिल्लामा कहिले ?)

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८० माघ १५ गते सोमबार १२:०६

अध्यक्षसहित सबै पदाधिकारी नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्

म्याग्दीमा बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन

म्याग्दी

प्रदेश अधिवेशन सकेर नेकपा एमालेको जिल्ला अधिवेशनहरु भइरहेका छन् । गण्डकीमा म्याग्दीबाट जिल्ला अधिवेशन सुरु भएको हो ।

गण्डकी प्रदेश अधिवेशनमा जस्तै म्याग्दीमा पनि गुटगत चुनाव हुनसक्ने अनुमानबीच सर्वसम्मत नेतृत्व चयन भएको छ ।

१० औं जिल्ला अधिवेशनबाट बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।

माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरी सुरु भएको अधिवेशन आइतबार सर्वसम्म नेतृत्व चयन भएपछि सोमबार पदस्थापना पनि भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष एवं नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले अध्यक्षसहितलाई प्रमाणपत्र प्रदान गरे ।

अध्यक्षसहित सबै पदाधिकारी नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् ।

रघुगंगा गाउँपालिका–३ का सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा निर्वाचित कमिटीको उपाध्यक्षमा बेनी नगरपालिका–७ का प्रमोद श्रेष्ठ, सचिवमा धवलागिरि गाउँपालिका–४ मुदीकी थमसरा पुन चयन भए ।

उप–सचिवमा अन्नपूर्ण गउँपालिका–६ का खड्ग गिरी र मंगला गाउँपालिका–२ का सतप्रसाद रोका निर्वाचित भए । निर्वाचित पदाधिकारीको सोमबार पदस्थापन भएको केन्द्रीय सदस्य गोविन्द नेपालीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्षले सुवेदीले देशमा राजनीतिक पार्टीलाई हेर्ने हेराई नै परिवर्तनका लागि आफ्नो टिमले काम प्रतिवद्धता जनाए ।

म्याग्दीमा फागुन २५ र २६ गते गोरखामा, चैतको २ र ३ गते नवलपुर, ११ र १२ गते कास्की, १६ र १७ गते लमजुङ, २२ र ३३ गते स्याङ्जा, २५ र २६ गते पर्वत, चैतकै २९ र ३० गते बागलुङ मा अधिवेशन तय भएको छ ।

तनहुँको निर्णय हुन बाँकी र हिमाली जिल्ला मनाङ र मुस्ताङमा वैशाखमा गर्ने योजना रहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

प्रकाशित मिति २०८० माघ १५ गते सोमबार १२:०६
हजुरको प्रतिक्रिया