जेष्ठ नागरिकका समस्याप्रती राज्यका निकायको ध्यान आर्कषण गराउन जरुरी – जि .स .स .कास्की प्रमुख पौडेल
पोखरा ,माघ १५
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरूले राज्यद्वारा प्रदान गरिएका सेवा सुबिधा प्राप्त गर्ने सहज वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
जेष्ठ नागरिकसंग अन्तर सम्बाद कार्यक्रममा प्रमुख पौडेलले स्थानिय तह र सरकारका सेवा प्रवाहको तरिका जेष्ठ नागरिक मैत्री बनाउन आग्रह गरेका हुन् ।
उनले राज्यद्वारा प्रदान गरिएका स्वास्थ्य बिमा , सामाजिक सुरक्षा भत्ता ,यातायात सहुलियत सहितका अन्य सुबिधा प्राप्त गर्न कठिनाइ भएको गुनासो आउने गरेको जिकिर गरे ।
उनले जेष्ठ नागरिक समस्याप्रती राज्यका जिम्मेवार सरकारी र गैर सरकारी न निकायलाई सतर्कता साथ लाग्न पौडेलले आग्रह गरे ।
जेष्ठ नागरिक ज्युदा इतिहास र आदर्श भएको हुँदा उनीहरुको संरक्षण र हेरचाहका लागि बनेका ऐन कानुनको बलियो कार्यान्वयनका सन्दर्भमा कास्कीबाट उदाहरण प्रस्तुत गर्नुपर्ने बताए ।
जिल्ला समन्वय अधिकारी नवराज बरालले जेष्ठ नागरिकका सन्दर्भमा बनेका ऐन कानुन र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीहरु समाधान गर्न आवश्यक रहेको जिकिर गरे ।
प्रकाशित मिति २०८० माघ १५ गते सोमबार ०५:१५




