२०८३ असोज २३ गते शुक्रबार

हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्छ – कांग्रेस महामन्त्री कोइराला

हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्छ – कांग्रेस महामन्त्री कोइराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २९ गते सोमबार ०१:०९

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताएका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ...

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताएका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ ।’

राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा भने र्फकने सम्भावना नरहेको उनले बताए ।

महामन्त्री कोइरालाले पार्टीको आगामी महाधिवेशन फागुनमा हुने सम्भावना नरहेको बताए । क्रियाशील सदस्यता टुंगो लगाउने काम पुरा नभएको बताउँदै उनले भने, ‘अहिलेकै अवस्थामा फागुनमा महाधिवेशन हुने सम्भावना छैन ।’

साथै सभापतिमा आफू र शेखर कोइराला मध्ये को उठ्ने भन्ने टुंगो नलागेको बताए । पार्टीका नेता र कार्यकर्ताको भावना अनुसार अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति २०७७ मंसिर २९ गते सोमबार ०१:०९
हजुरको प्रतिक्रिया