२०८३ असोज २२ गते बिहीबार

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली, अध्यक्ष ओलीद्वारा गराइयो शपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २२ गते बिहीबार ०३:०६

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उहाँ औपचारिक रूपमा जिम्मेवारीमा पुगेकी हुन् ।

काठमाडौँ ।

नेकपा (एमाले) का वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त भएकी छिन् ।

पार्टीको स्थायी कमिटी बैठकका क्रममा आज अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै उहाँ औपचारिक रूपमा जिम्मेवारीमा पुगेकी हुन् ।

भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहेकी थिइन् । उनको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा उहाँको आगामी भुमिकाबारे विभिन्न चर्चा हुँदै आएको थियो ।

अन्ततः एमालेको उच्च तहमा उनको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति २०८३ असोज २२ गते बिहीबार ०३:०६
हजुरको प्रतिक्रिया