२०८३ असोज २४ गते शनिबार

पोखरा म्याराथनमा धावकको कोटा निर्धारण, खुलामा १६० जना मात्रै दौडने

पोखरा म्याराथनमा धावकको कोटा निर्धारण, खुलामा १६० जना मात्रै दौडने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १६ गते मंगलबार ०७:२२

फाइल तस्बिर

पोखरा

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकको संख्या नै निर्धारण गरिएको छ ।

१८ औं संस्करणको म्याराथनमा तोकिएकोे संख्याभन्दा बढी धावक दौडने पाउने छैनन् ।

नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा नेपाली सिटी म्याराथनको इतिहासमा पहिलो पटक कोटा निर्धारण गरिएको दाबी छ ।

अध्यक्ष हरिप्रसाद पराजुलीका अनुुसार संसारभरका ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै कोटा निर्धारण गरिएको हो ।

खुल्ला म्याराथनमा १६० जनाको कोटा तोकिएको छ ।

महिला हाफमा ५०, १० किलोमिटर पुरुषमा ४५०, महिलातर्फ १५०, पाँच किलोमिटर छात्रतर्फ १ हजार २००, छात्रातर्फ ७००, पाँच किलोमिटर भेट्रान्स पुरुषको ५० र महिलाको २५ जना कोटा निर्धारण गरेको पराजुलीले जानकारी दिए ।

यस पटक हरेक इभेन्टमा धावकलाई चिप्स जडान गरिने उनको भनाइ छ ।

गतवर्ष खुला म्याराथनमा मात्रै चिप्सको प्रयोग भएको थियो ।

अपाङ्गतर्फको दौडमा चिप्सको प्रयोग हुनेछैन भने कोटासमेत निर्धारण गरिएको छैन ।

सबै इभेन्टमा चिप्सको प्रयोग हुने भएपछि आयोजकले माघ २८ गतेसम्म मात्र नाम दर्ता गर्ने भएको छ ।

 

प्रकाशित मिति २०८० माघ १६ गते मंगलबार ०७:२२
हजुरको प्रतिक्रिया