२०८३ साउन २१ गते बिहीबार

पुनहिल कप भलिबलः माछापुच्छ्रे र कावासोती फाइनलमा

पुनहिल कप भलिबलः माछापुच्छ्रे र कावासोती फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १८ गते बिहीबार ०६:४३

कावासोती नवलपुर र माछापुच्छ्रे गाउँपालिका भलिबल संघ महिलातर्फको फाइनल प्रवेश गरेका छन ।

पोखरा

पोखराको रामघाटमा जारी प्रथम पुन हिल कप भलिबलमा कावासोती नवलपुर र माछापुच्छ्रे गाउँपालिका भलिबल संघ महिलातर्फको फाइनल प्रवेश गरेका छन ।

कावासोतीले पुन समाज नेपाललाई र माछापुच्छ्रेले बडिगाड बाग्लुङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनलमा कावासोतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल पुग्यो ।

माछापुच्छ्रेले बाग्लुङ बडिगाडलाई ३–० को सोझो सेटमा पराजित गर्दै कावासोतीसंगको भेट पक्का गरेको हो ।

बिहीवार नै भएको क्वार्टरफाइनल खेलमा बडिगाडले कार्पकेली पुन समाज एक्लेखेतलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।

पुन समाज नेपालले ढुंगेपाटन पुन समाजलाई पन्छ्याएर अन्तिम चारको यात्रा गर्न सफल भएको हो ।

शुक्रवार प्रतियोगितामा फाइनल खेल हुनेछ । विजेतालाई ६६ हजार ६६६ रुपैयाँ, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँ साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।

पुरुषतर्फको ४० बर्षमाथिको उमेर समूहको प्रौढ खेलमा बुधबार नै पोखरा भेट्रान्स र सिद्धिकाली भेट्रान्सले फाइनलमा स्थान बनाइसकेका छन् ।

यो विधाको विजेताले ३३ हजार ३३३ रुपैयाँसँगै मेडल, ट्रफि र प्रमाणपत्र पाउनेछ । उपविजेताले २० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

पुरुषर्फको खेलमा भने क्वार्टरफाइनल चरणकै खेल बाँकी छ । बिहीबार पु?षतर्फ ४ खेल भएको छ ।

समीर सुनचाँदी पसलले सिक्लेसलाई २–० को सोझो सेटमा पराजित गरेको छ ।

कालिका पब्लिक कलेजलाई पुन क्लब पोखराले २–० सोझो सेटमा हराएको हो ।

लामा अमृत फाउन्डेसन घान्द्रुकलाई २–० को सोझो सेटमा हराउदै रामबजार पुन समाजले अघिल्लो चरणको यात्रा तय ग¥यो ।

चौंथो खेलमा बाजुङलाई माछापुच्छ्रे भलिबल संघले २–० को सोझो सेटमा हरायो ।

शुक्रबार महिला, प्रौढको फाइनलसँगै पु?षको पनि फाइनल खेल खेलाउने आयोजकले जनाएको छ ।

पुरुषतर्फको विजेताले १ लाख ११ हजार १११ रुपैयाँको साथमा मेडल, ट्रफि र प्रमाणपत्र पाउने महासचिव खिमन शेरपुर्जा पुनले जानकारी दिए ।

उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।

प्रकाशित मिति २०८० माघ १८ गते बिहीबार ०६:४३
हजुरको प्रतिक्रिया