२०८३ असोज २३ गते शुक्रबार

नेपालमै पहिलो पटक गण्डकीमा तोकियो निजी गाडीको आयुः २० वर्षमै पत्रु

नेपालमै पहिलो पटक गण्डकीमा तोकियो निजी गाडीको आयुः २० वर्षमै पत्रु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १८ गते बिहीबार ०८:००

ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा इलेक्ट्रिक हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बताए

विद्युतीय गाडी ३० वर्षभन्दा चलाउन नपाइने

पाेखरा

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदबाट पारित भएको गण्डकी प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्था नियमावलीले निजी सवारी साधनको पनि आयु तोकेको छ ।

नेपालमा अहिलेसम्म निजी सवारी साधनको आयु नतोकिइएको अवस्थामा गण्डकीले भने २५ वर्षपछि अनिवार्य पत्रु कायम हुने व्यवस्था ल्याउन लागेको हो । संघीय सरकारको सवारी तथा यातायात व्यवस्था ऐनमा पनि निजी सवारी साधनको हकमा कुनै सम्वोधन गरेको छैन ।

सार्वजनिक सवारीको हकमा भने पेट्रोलियम पदार्थबाट चल्ने सवारी वीस वर्षमा पत्रु कायम हुने र अनिवार्य लगत कट्टा गर्नुपर्ने संघीय ऐनमै व्यवस्था छ । तर, गण्डकीमा भने अब निजी सवारी साधनको पनि आयु तोकेर पत्रु कायम गरी लगत कट्टा गर्नुपर्ने व्यवस्था गरिएको नियमावली राजपत्रमा प्रकाशन हुने चरणमा छ ।

अब निजी सवारी साधन २५ वर्षमा अनिवार्य पत्रु कायम गरी लगत कट्टा गर्नु पर्नेछ । अहिलेसम्म दुई पांग्रे होस् वा चार पांग्रे निजी सवारी साधनले जतिसुकै वर्ष पनि चलाउन पाउने व्यवस्था हटाउँदै आयु तोकिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले बताए ।

यो अहिलेसम्म नेपालमा नभएको व्यवस्था गण्डकीमा लागु गर्ने कि नगर्ने भन्ने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीसहित बसेर छलफल गरिएको पौडेलको भनाइ थियो ।

यो व्यवस्था कायम गर्न विभिन्न देशमा भएका अभ्यास र अनुभवलाई पनि हेरिएको थियो । भारतमा डिजेल गाडीको १० वर्ष र पेट्रोलबाट चल्ने १५ वर्ष हुने व्यवस्था छ । सिंगापुरमा जुनसुकै गाडीको आयु ५ वर्ष तोकिएको उने पौैडेलकोे दाबी छ ।

नेपालमै पहिलोपटक निजी सवारी साधनको आयु तोकिएको यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले बताए । विद्युत सार्वजनिक सवारी साधनको भने ३० वर्षमा पत्रु गर्नु पर्ने व्यवस्था गरिएको छ ।

अब पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा इलेक्ट्रिक हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले बताए ।

प्रकाशित मिति २०८० माघ १८ गते बिहीबार ०८:००
हजुरको प्रतिक्रिया