२०८३ असोज २३ गते शुक्रबार

गण्डकीका सांसद थापाले गरे “इश्वर” को शुटिङ्ग शुभारम्भ

गण्डकीका सांसद थापाले गरे “इश्वर” को शुटिङ्ग शुभारम्भ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २३ गते मंगलबार १२:५८

पोखरा, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले सिनेमा मार्फत पोखराको पर्यटन प्रर्वधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोमबार विन्ध्यवासिनी मन्दिरमा चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” छायाँकन शुभारम्भ...

पोखरामा “इश्वर” को शुटिङ्ग छायाँकन सुरु

पोखरा,
गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले सिनेमा मार्फत पोखराको पर्यटन प्रर्वधनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार विन्ध्यवासिनी मन्दिरमा चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” छायाँकन शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

सिनेमा सम्बन्धि गतिविधि बढाउन प्रदेश सरकारलाई घच्घच्याउन सिनेकर्मीको साथमा आफु पनि रहेको उनले बताए । सिनेमा इश्वरले समसामयिक विषयहरुलाई उठान गरि दृश्य मार्फत सकरात्मक सन्देश प्रवाह गर्नेमा आफु विश्वस्त रहेको भनाई उनको छ ।

आफु मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रियाको सुरुवात भई नीति तथा कार्यक्रममा समेत समेटिएको र पछि राजनीतिक उताडचढावका कारण अगाडि बढ्न नसकेको उनले उल्लेख गरे ।

कलाकार सुनील थापाले इश्वरको स्किृप्ट मन परेकाले आफु अनुबन्धित भएको बताए । माओत्से गुरुङले पोखरामा पछिल्लो समय एक पछि अर्को सिनेमा छायाँकन भइरहेको र यो पोखराका लागि राम्रो कुरा भएको बताए ।

इश्वर सिनेमाका नायक ध्रुव बहादुर थापाले समाजको वेथिति, विसंगति, मायाप्रेम र जीवन संघर्षका कथा सिनेमामा रहेको जानकारी दिए । नायिका कृष्टी गुरुङले सिनेमाबाट आफुले राम्रो तारिफ पाउने बताइन् । गुरुङ सिनेमामा अभिनय गरेकी उनी पहिलो पटक नेपाली सिनेमाको नायिकाको रुपमा देखिदैछिन् ।

निर्देशक राजु गिरीले इश्वरको कथा आफ्नोपनको कथा भएको उल्लेख गरे । कमेडी, लबस्टोरी र एक्शनमा सिनेमा बन्ने उनले जानकारी गराए । सिनेमाको सम्पूर्ण छायाँकन पोखरा र कास्की मादी गाउँपालिकाको याङ्गजाकोटमा हुने जनाइएको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा कलाकार माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहने जनाइएको छ ।

प्रकाशित मिति २०८० माघ २३ गते मंगलबार १२:५८
हजुरको प्रतिक्रिया