२०८३ साउन २१ गते बिहीबार

प्रचण्डप्रती इंगित गर्दै झलनाथले भने, ‘जुन जोगि आए पनि कानै चिरेको’

प्रचण्डप्रती इंगित गर्दै झलनाथले भने, ‘जुन जोगि आए पनि कानै चिरेको’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २७ गते शनिबार ०९:३८

उनले भने, ‘यो यथास्तिथिवादले हो । राजनीतिक दलले कोर्ष चेन्ज गर्छन् भने नेपाली जनताले साथ दिन्छन् । नेपाली जनताको यसमा केही दोष छैन ।’

पोखरा ।

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको बताएका छन् । उनले अहिलेको मौसम बदलिएपछी गठबन्धन पनि बदलिने बताए ।

शनिबार बिहान पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन रहेको बताए ।

पुर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिले राजावादीको चुरिफुरी सत्ताको कमजोरीको कारण भएको टिप्पणी गरे ।

उनले भने, ‘यो यथास्तिथिवादले हो । राजनीतिक दलले कोर्ष चेन्ज गर्छन् भने नेपाली जनताले साथ दिन्छन् । नेपाली जनताको यसमा केही दोष छैन ।’

उनले वर्तमान पुष्पकमल दहाल प्रचण्ड नेतृत्व सरकारले काम गर्न नसक्दा जनतामा निराशा छाएको टिप्पणी गरे ।

‘जनतामा जुन जोगी आएपनी कानै चिरेको भन्ने लागेको छ । जति काम गर्नुपर्ने थियो गर्न सक्नुभएन’, उनले भने ।

अब कोर्ष करेक्सन गरेर पनि प्रचण्ड सरकारले देशको हीतमा काम गर्नुपर्ने उनको सुझाव छ ।

‘कमरेड प्रचण्डको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म त गर्न सकेन नै । अब कोर्ष चेन्ज गरेर भएपनी गरोस् । देशको हीतमा काम गरोस् । जनताको हीतमा काम गरोस् । भुमी सुधार गरोस्, कृषि क्रान्ति गरोस् । राष्ट्रिय औद्योगिककरणमा काम गरोस्’, उनले भने ।

उनले सरकार पुजीवादको पछि लागेको आरोप लगाए । वर्तमान गठबन्धन सरकारले समाजवाद ल्याउन नसक्ने उनको भनाइ छ ।

परिवर्तन गर्न नसक्दा हजारौं युवा दैनिक वैदेशिक रोजगारीमा हिडिरहेको उनले बताए । देशमा कृषि क्रान्ति, औद्योगिक क्रान्तिको आवश्यक्ता रहेको खनालले सुनाए ।

आफ्नो छोटो प्रधानमन्त्री कार्यकालमा सुरुङमार्ग र लोडसेडिङमुक्त बनाउन काम गरेको दाबी गरे । आफुले फेरि मौका पाउने हो भने धेरै काम गर्न सक्ने उनले बताए ।

गलत राजनैतिक कार्यदिशाको कारण नेकपा फुटेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८० माघ २७ गते शनिबार ०९:३८
हजुरको प्रतिक्रिया