२०८३ असोज २४ गते शनिबार

एसीसी महिला प्रिमियर कपः नेपालले भुटानलाई ८ विकेटले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २८ गते आइतबार १०:२५

नेपालले पहिलो खेलमा हिजो हङकङलाई ८ विकेटले हराएको थियो ।अब नेपालले फागुन १ गते मंगलबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पोखरा ।

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो। ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा ग¥यो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक ३२ रन बनाएर नटआउट रहिन् भने रुबिना क्षत्री बेलबासे १७ रनमा अविजित रहिन् ।

ओपनर कविता कुँवर पाँच रन बनाएर आउट हुँदा कप्तान इन्दू बर्मा एक रन बनाउँदै पेभिलियन फर्किइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले पूरै २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्न सकेको हो ।

उसका लागि नग्वाङ छोडेनले २५, छिरिङ जाङ्मोले १६ तथा डेचेन वाङ्मोले १७ रन जोडे ।

नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा हिजो हङकङलाई ८ विकेटले हराएको थियो । नेपाल रहेको समूह डी मा हङकङ, माल्दिभ्स र भुटान छन् ।

नेपालले अब फागुन १ गते मंगलबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

सहभागी १६ टोली चार समूहमा छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति २०८० माघ २८ गते आइतबार १०:२५
हजुरको प्रतिक्रिया