पोखरा ।
एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
खेल बिहान सवा ११ बजे मलेसियाको बाङ्गीमा हुनेछ ।
नेपाल समूह डीको विजेता हो भने कुवेत समूह एको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।
नेपालले समूह चरणमा भुटान र हङकङलाई ८–८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो ।
थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो भने म्यानमारलाई २७ रनले पराजित गरेको थियो ।
पछिल्ला चार भेटमा नेपालले कुवेतलाई हराएको छ । एउटा खेलमा नेपालले नौ विकेटका जित दर्ता गरेको थियो ।
आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ ।
प्रकाशित मिति २०८० फागुन २ गते बुधबार ११:०८