२०८३ असोज २३ गते शुक्रबार

फोहोर व्यवस्थापनका लागि हाटबजार आयोजना गर्दै ग्रीनभ्याली

फोहोर व्यवस्थापनका लागि हाटबजार आयोजना गर्दै ग्रीनभ्याली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ११ गते शुक्रबार ११:२८

पोखरा महानरपालिका वडा नं. १६ मा सञ्चालित सहकारीले फोहोर व्यवस्थापन सम्बन्धि जनचेतना जगाउन हाटबजार आयोजना गर्न लागेको हो ।

पोखरा ।

ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले हाटबजार आयोजना गर्ने भएको छ ।

पोखरा महानरपालिका वडा नं. १६ मा सञ्चालित सहकारीले फोहोर व्यवस्थापन सम्बन्धि जनचेतना जगाउन हाटबजार आयोजना गर्न लागेको हो ।

हाटबजार पोखरा १६ घार्मी खोलामा रहेको ग्रीन भ्यालीको तालिम केन्द्रमा यहि फागुन ११ र १२ गते आयोजना हुने सहकारीका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।

ग्रीन भ्याली सहकारीले विगत केही समयदेखि फोहोर व्यवस्थापन तथा पुनःनविकरणीय (रिसाईकल) सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

स्थानीय उत्पादनहरूको प्रवद्र्धनको साथमा रिसाईकल गर्न सकिने फोहोर वस्तुबाट नयाँ सामान बनाउने सीप र तालिमको अवसर प्रदान गर्न हाटबजारको आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति २०८० फागुन ११ गते शुक्रबार ११:२८
हजुरको प्रतिक्रिया