२०८३ साउन २१ गते बिहीबार

टी–२० त्रिदेशीय क्रिकेटमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

टी–२० त्रिदेशीय क्रिकेटमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १६ गते बुधबार १०:२७

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

पोखरा ।

टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् ।

खेल किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यसअघि लिग–२ अन्तर्गत दुवै खेलमा नेपाल नामिबियासँग हारेको थियो ।

हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको थियो ।

यस्तै लिग–२ मा नेपाल र नेदरल्यान्ड्सबीच भएको खेलमा दुवै टोलीले एक÷एक खेल जितेका थिए ।

प्रकाशित मिति २०८० फागुन १६ गते बुधबार १०:२७
हजुरको प्रतिक्रिया