२०८३ असोज २५ गते आइतबार

जाेर्डनविरूद्द सावित्रा भण्डारी ‘साम्बा’ विनाकाे फाइनल कस्ताे हाेला ?

जाेर्डनविरूद्द सावित्रा भण्डारी ‘साम्बा’ विनाकाे फाइनल कस्ताे हाेला ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १६ गते बुधबार ११:२५

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल खेल खेल्ने कि नखेल्ने निश्चय हुन सकेकाे छैन् । साम्बा व्यवसायिक लिगका लागि फ्रान्सेली क्लब एन...

साम्बाले फाइनल खेल्ने नखेल्ने अझै अनिश्चित

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपको फाइनल खेल खेल्ने कि नखेल्ने निश्चय हुन सकेकाे छैन् ।

साम्बा व्यवसायिक लिगका लागि फ्रान्सेली क्लब एन अभान्ट गुएङग्याम्पमा अनुबन्ध छिन्। फिफाका व्यवसायिक लिगमा अनुबन्ध खेलाडी फिफा विन्डोमा राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ।

यद्यपी क्लब र फुटबल संघबीचको सहमति भएमा फिफा विन्डो बाहिरको खेल पनि खेल्न पाउँछन्। त्यसका लागि भने सम्बन्धित संघले क्लबसँग भन्नुपर्ने हुन्छ।

वाफको समूह चरणका खेलमात्र फिफा विन्डोमा छ। फाइनल भने फिफा विन्डोभन्दा बाहिरको मितिमा छ। फिफा विन्डोमा ३ खेल खेल्न पाउने नियम छ। यद्यपी साम्बाको क्लबले उनलाई सेमिफाइनल पनि खेल्न दिएको हो। फिफाले फेब्रुअरी १९ देखि २८ लाई महिलातर्फ फिफा विन्डो तोकेको थियो।

आगामी मार्च २ गते साम्बा सम्मिलित गुएङग्याम्पले लिलसँग खेल्दैछ। सो खेल जिते साम्बाको क्लब रेलिगेसनबाट बच्न सक्नेछ। सोही कारण गुएङग्याम्पले साम्बालाई सेमिफाइनलसम्म खेल्न छाडेको थियो।

वाफको फाइनल खेल्दा साम्बा क्लबको खेलमा उपस्थित हुन नसक्ने हुदा सेमिफाइनलसम्मको खेल खेल्न दिएको थियो।  क्लबले साम्बासहितकाे टाेली मैदान पठाउने निश्चय गर्याे भने नेपाली टाेली साम्बाविना नै जाेर्डनविरूद्द मैदानमा हुनेछ ।

प्रकाशित मिति २०८० फागुन १६ गते बुधबार ११:२५
हजुरको प्रतिक्रिया