२०८३ साउन २१ गते बिहीबार

पोखरा-१३ मा युवा लक्षित ‘जब फेयर’ हुँदै

पोखरा-१३ मा युवा लक्षित ‘जब फेयर’ हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १७ गते बिहीबार ०१:३६

जब फेयरमा विभिन्न १२ वटा स्टल रहने र साे स्टलमा नै रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण समेत गराइने वडाले जनाएकाे छ ।

पाेखरा ।
पोखराकाे वडा नं. १३ ले युवा रोजगारीका लागि आगामी शुक्रबार ‘जब फेयर’ कार्यक्रमकाे आयोजनामा गर्दैछ ।

लायन्स र लियो क्लब पोखरा कन्टेनियलको सहकार्यमा हुने फेयर वडा कार्यालय प्रांगणमा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म हुने वडा अध्यक्ष किरण बरालले जानकारी दिए  ।

वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको बरालले बताए । जब फेयरमा विभिन्न १२ वटा स्टल रहने र साे स्टलमा नै रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण समेत गराइने वडाले जनाएकाे छ ।

वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या भनेकै रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेको हो ।’ वडाध्यक्ष बरालले भने ।

जब फेयर मार्फत् वडाका बेरोजगार युवाहरुले रोजगार पाउनेमा वडाध्यक्ष बराल आशावादी देखिन्छन् । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने उनले बताए । भौतिक विकास सँगै आर्थिक विकासमा समेत सुधार ल्याउने ध्येय बमोजिम जब फेयर कार्यक्रम राखिएको बरालको भनाई छ ।

जब फेयर कार्यक्रममा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरिएको छ । वडाध्यक्ष बरालका अनुसार उक्त फेयरमा उत्पादन देखि प्रविधिमैत्री विषयमा जानकारी मिल्नेछ ।

प्रकाशित मिति २०८० फागुन १७ गते बिहीबार ०१:३६

हजुरको प्रतिक्रिया