२०८३ असोज २३ गते शुक्रबार

नाटक रिफण्डकाे बुकिङ शाे सकियाे, आजदेखि ‘पब्लिक शाे’

नाटक रिफण्डकाे बुकिङ शाे सकियाे, आजदेखि ‘पब्लिक शाे’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन २६ गते शनिबार ०७:४४

पाेखरा ‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ । फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक फागुन २८ गतेसम्म मञ्चन हुनेछ । शनिबार दिउँसो १...

पाेखरा

‘बुकिङ शो’ मार्फत पोखरामा मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ शनिबारबाट ‘पब्लिक शो’ मार्फत मञ्चन हुने भएको छ । फागुन १४ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक फागुन २८ गतेसम्म मञ्चन हुनेछ ।

शनिबार दिउँसो १ बजे तथा आइतबार र सोमबार साँझ ५ बजे यो नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । हालसम्म यो नाटक १४ शो मार्फत झण्डै ३ हजार जनाले बुकिङ शो मार्फत हेरिसकेको उनले दावी गरे ।

पब्लिक शो मार्फत नाटक हेर्न २ सय रुपैयाँ शुल्क लाग्नेछ

हंगेरिय लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । यो नाटक कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको छ ।

कमेडी जनरामा निर्माण भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ ।

नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुशन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन परिवर्तले गरेका छन् ।

पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भइरहेको थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जनाए ।

प्रकाशित मिति २०८० फागुन २६ गते शनिबार ०७:४४
हजुरको प्रतिक्रिया