टोकियो जापान ।
प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन यही मार्च १७ मा हुने भएको छ ।
जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने अधिवेशनको सम्पुर्ण तयारि पुरा भएको आयोजक समितिका सह–संयोजक विनोद ढकालले जानकारी दिए ।
यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा क्रियाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो ।
ढकालका अनुसार प्रथम ऐतिहासिक अधिवेशन जापानको राजधानी टोकियो ओकुबु स्थित रहेको काठमाडौं लञ्चमा हुनेछ ।
कार्यक्रममा आतिथ्यताका लागि जापानमा रहेका क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाई सकेको पनि उनले जानकारी दिए ।
प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउँदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहित गर्नुका साथै उनीहरूको पत्रकारिता क्षमताको विकास गर्नु अधिवेशनको मुख्य उद्देश्य रहेको बताइएको छ ।
प्रकाशित मिति २०८० फागुन ३० गते बुधबार १०:०३




