२०८३ कात्तिक ११ गते मंगलबार

बन्दिपुर हट्टियामा १ सय ५० जनाले गराए आँखा जाँच

बन्दिपुर हट्टियामा १ सय ५० जनाले गराए आँखा जाँच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन ३० गते बुधबार १२:०४

शिविरमा सहभागी ४ जना बिरामीलाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको संयोजक श्रेष्ठले बताए ।

तनहुँ
तनहुँकाे डुम्रे सांकृतिक यूवा परिवारले बन्दिपुर ६ स्थित अरुण मा.वि प्राङ्ण, हट्टियामा निशुल्क आँखा शिविर गरेकाे छ ।

हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र बन्दिपुर अस्पतालको प्राविधिक सहयोग रहेको उक्त शिविरमा भएकाे हाे । शिविरमा सहभागीलाई निशुल्क चस्मासँगै ‍औषधि पनि वितरण गरिएकाे कार्यक्रम संयोजक शम्भु श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बन्दिपुर गाँउपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले आँखाको महत्व, स्वास्थ्य प्रति स्थानीय सरकार सदैव सचेत रहेको बताइन् । बन्दिपुर ६ का वडाध्यक्ष बलबहादुर गुरुङले आफूले स्वास्थ्य र शिक्षामा विशेष पहल गरेको जानकारी दिए ।

सोमबार भएको शिविरमा डुम्रे सांस्कृतिक युवा परिवारका पूर्वअध्यक्ष राजेश पिया र संयोजक शम्भु श्रेष्ठले संस्थाले गर्ने सामाजिक, सांस्कृतिकआदि गतिविधिबारे जानकारी दिए ।

आँखा शिविर कार्यक्रम सञ्चालनका लागि सांस्कृतिक क्लबका पूर्व कोषाध्यक्ष दिक्पाल श्रेष्ठ, सदस्य धुर्व श्रेष्ठ, अर्जुन बसियाल, प्राविधिक पल्लवी सुल्पी, शशी रुपाखेती र धर्मराज पौडेलको विशेष सहयोग रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

शिविरमा सहभागी ४ जना बिरामीलाई थप उपचारका लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति २०८० फागुन ३० गते बुधबार १२:०४
हजुरको प्रतिक्रिया