पोखरा महानगर र मातहतका कार्यालय आइतबार बन्द रहने
पोखरा
पोखरा अब आइतबतारदेखि पर्यटकीय राजधानी घोषणा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेवातालको किनार बाराहीघाटबाट पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गर्ने छन् ।
बोलीचालीमा पर्यटकीय राजधानी भनिए पनि अब भने औपचारिक रुपमा घोषणा हुने र यसले पोखरा संस्कृतिले समेटिएका क्षेत्रकै विकास गर्ने गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा कार्यक्रम मुल आयोजक समितिका संयोजक तथा पोखेरा मेयर धनराज आचार्यले बताए ।
गण्डकी प्रदेशकै विकासकोे खाका कोर्ने विज्ञदेखि सपोखरा र आसपासको क्षेत्र चिनाउने गीत र यस क्षेत्रलाई कला, साहित्य र संगीमार्फत विश्व बजारमा पु¥याउने व्यक्तिलाई सम्मान गर्नेदेखि यस क्षेत्रकै गीत घोषणा कार्यक्रममा गुञ्जिने भएका छन् । पोखराममा सिंगो गण्डकी प्रदेशकै संस्कृति झल्किने झाँकी प्रस्तुत हुने छन् ।
पोखरास्थित विभिन्न संघ, संस्थाहरू बिहान १०ः १५ बजे पोखराको बसुन्धरापार्कमा जम्मा भएर बाजागाजा, झाँकी र ¥यालीसहित फेवा किनार बाराहीघाटसम्म पुग्ने कार्यक्रम छ ।
पर्यटनको राजधानी घोषणा कार्यक्रममा पोखरा चिनाउन योगदान दिएका ३ जना स्रस्टालाई सम्मान गरिने भएको छ । मदन पुरस्कार प्राप्त कृति ‘प्राकृत पोखरा’ का लेखक, भाषाविद् प्राध्यापक डा. मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङ र सुप्रसिद्ध गायक, संगीतकार तथा साहित्यकार स्व.प्रेमप्रकाश मल्ल ‘मधुकर’लाई मरणोपरान्त सम्मान गरिने मेयर आचार्यले जानकारी दिए ।
घोषणा समारोहमा गीत, संगीतका माध्यमबाट पोखरा चिनाएका गायक कलाकारको सांगीतिक प्रस्तुति रहने छ । सो अवसरमा गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठ, सुगम संगीतका चर्चित गायक प्रमोद खरेल, चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत र धर्मेन्द्र सेवानको प्रस्तुति रहने छ ।
आचार्यले पोखराको विकासका लागि धेरैभन्दा धेरै पर्यटन प्रवर्द्धन हुने क्रियाकलाप हुन जरूरी रहेको बताए । ‘पोखरको विकासका लागि पर्यटन पूर्वाधारको निर्माण सँगसँगै यसको ब्राण्डिङ र प्रचारप्रसार महत्वपूर्ण हुने हामीले महसुस गरेका छौं’आचार्यले भने ।
गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकासमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने दिशामा घोषणा कार्यक्रम आधारशिविर हुने मेयर आचार्यको भनाइ छ ।
‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा पर्यटन प्रवर्द्धनमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तनसहित सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा उल्लेखनीय प्रगतिसहित दिगो पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ’ उनले भने ।
२०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गरेको थियो । पोखरा महानगरले समेत त्यसअघि नै पटक(पटक पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।
पोखरा महानगरले चैत ४ गते आइतबार महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द रहने जनाएका छन् ।
कार्यक्रमकाे पब्लिक फाेरके टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुँनेछ ।
पर्यटकीय राजधानी घाेषणा अध्ययन समितिकाे प्रतिवेदन हेर्नुहाेस्
प्रकाशित मिति २०८० चैत ३ गते शनिबार ०५:५७




