२०८३ साउन २१ गते बिहीबार

दीपक मनाङे स्वतन्त्र हुने पत्रले गण्डकीमा सत्ताकाे रोचक खेल

दीपक मनाङे स्वतन्त्र हुने पत्रले गण्डकीमा सत्ताकाे रोचक खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ४ गते आइतबार ०७:३०

गण्डकीमा एमाले र माओवादीको समीकरणलेमात्रै सरकार बन्ने स्थिति नहुँदा एकीकृत समाजवादीका मनाङेले पनि छोडेको बताएपछि झनै अप्ठेरो स्थिति देखिएको छ

चलाख मनाङे अघिल्लो कार्यकालमा ३ पटक बनेका थिए मन्त्री

पोखरा

अघिल्लो कार्यकालमा सत्ताको जोडघटाउमा चलाख खेलाडी बन्दै ३ पटकसम्म मन्त्री पड्काएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ)ले यसपटक पनि त्यस्तै संकेत गरेका छन् ।

मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत गण्डकी प्रदेश सभा सदस्य बनेर गत साल मंसिर १९ गते एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङे अहिले फेरि एकीकृत समाजवादी त्याग गरेको बताएका छन् ।

पछिल्लो सत्ता समीकरणअनुसार गण्डकीमा पनि सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेर नयाँ जोडघटाउ चलिरहेका बेला मनाङले पद त्याग गरेको जानकारी गण्डकी संसद सचिवालयलाई गराएका छन् । योसँगै अबको गण्डकी प्रदेश सरकार गठन झनै रोचक बन्न पुगेको छ ।

गण्डकीमा एमाले र माओवादीको समीकरणलेमात्रै सरकार बन्ने स्थिति नहुँदा एकीकृत समाजवादीका मनाङेले पनि छोडेपछि झनै अप्ठेरो स्थिति देखिएको छ ।

अहिलेको अवस्थामा कुनै पनि दलले सजिलै सरकार बनाउने स्थिति गण्डकीमा छैन । संसद सचिवालयमा एकीकृत समाजवादीकै रुपमा रहेका मनाङेले दल त्यागेको जनाएपछि अब के हुन्छ भन्ने कानुनी व्याख्याको खाँचो परेको संसद सचिवालयका सचिव हरिराज पोखरेलले बताए ।

अब एकीकृत समाजवादी कसरी अगाडि बढ्छ भन्ने कुराले पनि अर्थ राख्ने उनको भनाइ थियो । सत्ताको खेलमा र पछिल्लो गठबन्धनले अप्ठेरो स्थिति देखिएकाले मध्यावधिमा जानबाट रोक्न आफूले स्वतन्त्रै रहने निर्णय गरेको मनाङले बताएका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२ र माओवादीका सभामुखसहित ८ सांसद छन् । कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । मनाङेले पनि एकीकृत समाजवादी त्यागेको जानकारी गराएपछि के हुन्छ यसै भन्ने स्थिति छैन ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, अब सत्ता समीकरणबाट मनाङे पनि स्वतन्त्र बसिँदिँदा अहिलेको समीकरणअनुसार सजिलै सरकार बन्ने स्थिति नदेखिएको हो ।

नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा पनि माओवादीको चुनाव चिह्नबाट विजयी भएका थिए । उनलाई पनि नेपाल समाजवादीकै कायम कायम गराइदिन अध्यक्ष बाबुराम भट्टराई निर्वाचन आयोग संसद सचिवालयमा पत्र पठाएका छन् ।

प्रकाशित मिति २०८० चैत ४ गते आइतबार ०७:३०
हजुरको प्रतिक्रिया