२०८३ असोज २५ गते आइतबार

मुख्य समाचार

बागलुङ निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २५ जना घाइते

बागलुङ निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २५ जना घाइते

डम्मर बुढामगर

@Public 4K Tv

२०८० चैत ५ गते सोमबार ०७:३६

रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनामा परेको हो

बागलुङ

बागलुङमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत यो सडकमा बस करिब ३ सय मिटर तल खसेको उनको भनाइ छ ।

घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पु¥याइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०८० चैत ५ गते सोमबार ०७:३६
हजुरको प्रतिक्रिया