२०८३ असोज २५ गते आइतबार

मुख्य समाचार

काहुँडाँडाको डढेलोः बस्तीमा जोखिम टर्‍यो, वन्यजन्तु र चराचुरुंगीलाई फसाद पर्‍यो

काहुँडाँडाको डढेलोः बस्तीमा जोखिम टर्‍यो, वन्यजन्तु र चराचुरुंगीलाई फसाद पर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ६ गते मंगलबार १०:०४

सुख्खा याम बढेसँगैे पोखरामा डढेलो लाग्ने क्रम बढेको  र करिब १० ठाउँमा बढेलाे देखिएकाे छ

स्थानीयमा डर र चिन्ता पनि कायमै

पोखरा

काहुँडाँडोमा सोमबार साँझदेखि लागेकाे भीषण डढेलोबाट बस्तीमा जोखिम टरेको छ । तत्काललाई बस्तीबाट जोखिम टरे पनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेकोक छै भने स्थानीयमा डर र चिन्ता पनि कायमै छ ।

स्थानीयका अनुसार १/२ दिन अगाडि देखिनै काहुँडाँडाँको झाडीमा आगो लागिरहेको थियो तर सोमबार एकाएक भीषण रुप लिँदा नजिकैको बस्तीमा त्रास सिर्जना भएको थियो ।

पोखराको मुख्य बजारबाटै भीषण रुपममा देखिएको डढेलो प्रहरी, नेपाली सेना, सशत्र र स्थानीयको प्रयासले पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

बस्तीनजिक आगो आइपुगेपछि मानिसहरु जागै बसिरहेका थिए भने पोखरा बजारबाट आगो नियमन्त्रण गर्न अन्य नागरिक पनि पुगेका थिए ।

स्थानीय भरत आचार्यका अनुसार आगोबाट बस्ती जोगिए पनि बन्यजन्तु र चराचुरुंगीमा भने ठूलो नोक्सानी पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डढेलो नियन्त्रणमा २ वटा दमकलसहित ठूलो संख्यामा प्रहरी, सशत्र, नेपाली सेना परिचालन भएका थिए तर सबै ठाउँमा दमकल पनि नजाने भएकाले समयमै आगो नियन्त्रण गर्न अप्ठेरो परेको हो ।

लामो समयदेखि पानी नपरेर खडेरी परेकाले पनि आगोले भीषण रुप लिएको थियो ।

सहर नजिक र बस्ती पनि नभएकाले काहुँडाँडामा लागुऔषध प्रयोगकर्ताहरुको थलो बनिरहेको छ र त्यही क्रममा आगो सल्किएको हुनसक्ने अनुमान स्थानीयको छ । तर, प्रहरीले भने कारणकाके खोजी गरिरहेको जनाएको छ ।

बस्तीमा आगो आउन नदिन अग्नीरेखा बनाइएको थियो । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैसम्म डढेलो फैलिएको थियो ।

सुख्खा याम बढेसँगैे पोखरामा डढेलो लाग्ने क्रम बढेको  र करिब १० ठाउँमा बढेलाे देखिएकाे पोखराका मेयर धनराज आचार्यले बताए ।

प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार १०:०४
हजुरको प्रतिक्रिया