२०८३ असोज २५ गते आइतबार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ८ गते बिहीबार १०:२४

जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् ।

पोखरा ।

आज ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धी पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरे पनि नेपालले भने यो महासन्धीलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

नेपालमा दलित तथा पछाडि पारिएका समुदायले यो दिवस मनाउँदै आएका छन् ।

जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम हुन नसकेको उनीहरुको गुनासो छ ।

जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन् ।

वि.सं.२०६२÷६३ सालको जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ साल जेष्ठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । तर अहिले पनि छुवाछुतका घटना हुने गरेका छन् ।

नेपालको संविधान, २०७२ को धारा २४ मा छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकका रूपमा राखिएको छ ।

जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन सम्बन्धी कायविधि, २०७३ पनि लागू भएको छ ।

प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार १०:२४
हजुरको प्रतिक्रिया