२०८३ असोज २३ गते शुक्रबार

मुख्य समाचार

जीवी राइलाई पक्रन र रविमाथि पनि अनुसन्धान गर्न सूर्यदर्शन पीडितको उजुरी

जीवी राइलाई पक्रन र रविमाथि पनि अनुसन्धान गर्न सूर्यदर्शन पीडितको उजुरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ८ गते बिहीबार ०१:४८

गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको बचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको भनाइ

जीवीलाई पक्राउ गर्नुको साटो राज्यले नै लुकाएको पीडितको आशंका

पाेखरा

सूर्यदर्शन सहकारीका पीडितहरुले आफूहरुको बचत फिर्ताको वातावरण बनाइदिन आग्रह गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् ।

सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।

कानुनी प्रक्रियामा गएको पनि आठ महिना भइसकेको तर यो राज्यका प्रतिनिधिले सुशासनको कुरा गरिरहँदा सुशासन होइन, कुशासनको चपेटामा परिरहेका श्रेष्ठको भनाइ थियो ।

अध्यक्ष श्रेष्ठले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई कसले लुकाएको छ भनी प्रश्न गरेका छन् । जीवीलाई पक्राउ गर्नुको साटो राज्यले नै लुकाएको पीडितको आशंका छ ।

जीबीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ भन्ने जवाफ चाहिएको श्रेष्ठले बताए ।

सूर्यदर्शनका वचतकर्ताले आन्दोलन सुरु गरेपछि ३/४ पटक सरकार परिवर्तन भए तर अहिलेसम्म पीडितको समस्या समाधान नभएको श्रेष्ठले बताए ।

गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको बचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको भनाइ छ ।

सूर्यदर्शन सहकारीको विभिन्न व्यक्ति र संस्था अहिले पनि अनुसन्धानबाहिर रहेको भन्दै श्रेष्ठले कास्कीमा दिइएको पुरक निवेदन र अहिलेसम्मको अध्ययनअनुसन्धानलाईसमेत आधार बनाएर समितिमा उजुरी दिइएको श्रेष्ठले बताए ।

पीडितले रविमाथि पनि अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति २०८० चैत ८ गते बिहीबार ०१:४८
हजुरको प्रतिक्रिया