Swiss automatic cheap replica Watches at affordable prices for men and women.
orologireplica.is offre una squisita gamma di orologi replica di vari marchi rinomati. Ogni segnatempo rispecchia l’originale con notevole precisione.
replicauhrens.io direkt aus Deutschland Replica Uhren ohne Zoll sofort per DHL Nachnahme Perfekte Luxus Uhren beste Qualität.
Bekannt für ihr Engagement für außergewöhnliche Repliken ist bestuhren.de zur ersten Wahl für diejenigen geworden, die erschwingliche Alternativen zu Rolex, Omega und Breitling-Uhren auf dem deutschen Markt suchen.
पोखरा
नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्यानलै उम्मेदवारी भएको छ ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्यानलै उम्मेदवारी परेको छ भने नेतृत्वमा ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
खगराज समूहबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री र पृथ्वीसुब्बा समूहबाट माधव बास्तोलाले मनोनयन गर्दा गराएका छन् ।
गुट राजनीतिले पार्टीलाई विभाजित गरेको भन्दै अध्यक्षमै युवा विवेक त्रिपाठीले उम्मेदवारी दिएका छन् ।
खगराज समूहबाट अध्यक्षतामा उम्मेदवारी दिएका वैनबहादुर जिल्ला सचिव हुँदै अध्यक्षतामा उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।
वैनबहादुर प्यानलबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा सन्तु सुवेदी र लालबहादुर परियार छन् ।
माधब बास्तोला प्यानलबाट उपाध्यक्ष शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ, उपसचिवमा राधिका शाही योगी र सीता विक छन् । उपसचिवमै प्यानल बाहेकबाट संगीता सुवेदीले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेर शनिबारबाट सुरु भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनमै जाने पक्का भएको हो ।
उद्घाटन सत्रदेखि नै नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने र गुटको राजनीति अन्त्य गर्नुपर्ने रटान गरे पनि प्यानलै बनाएर गुट नै चुनावमा होमिएको हो ।
अध्यक्षका उम्मेदवारहरुले आफू गुटको नभइ एमालेका प्रतिनिधिको भावनाअनुसार नेतृत्वमा दाबी गरेको बताएका छन् ।
अनेरास्ववियु, गाउँ कमिटी, क्षेत्रीय कमिटी, कार्यालय सचिव, जिल्ला सचिव हुँदै स्वभाविक रुपमा अध्यक्षमा दाबी गर्ने ठाउँमा आफू आइपुगेको र कास्कीका सबै पार्टी कार्यकर्तासँग रहेर काम गरेकाले जित पक्का रहेको वैनबहादुरको दाबी छ ।
अर्का अध्यक्षका उम्मेदवार माधव बास्तोलाले एमाले कास्कीलाई सुदृढ गराउनका लागि नेतृत्वमा आउन चाहेको बताए ।
अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठीले जिल्ला कमिटी सदस्य भएर कार्यकाल पूरा गरेपछि अध्यक्षतामा उम्मेदवारी दिएको र गुटको राजनीतिका विरुद्ध भएको त्रिपाठीले बताए ।
प्रकाशित मिति २०८० चैत १३ गते मंगलबार ०१:२४




