२०८३ असोज २३ गते शुक्रबार

‘फर्की फर्की’ काे फस्टलुकमा अनमोल एक्लै

‘फर्की फर्की’ काे फस्टलुकमा अनमोल एक्लै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १७ गते शनिबार १०:०५

काठमाडौं । अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उनी अभिनित फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ । आउँदो वर्ष २०८१ को जेठ १० गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा फिल्मका प्रमुख पात्र रहेका अनमोल सोलो फिचर्ड छन्...

काठमाडौं ।

अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उनी अभिनित फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ ।

आउँदो वर्ष २०८१ को जेठ १० गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा फिल्मका प्रमुख पात्र रहेका अनमोल सोलो फिचर्ड छन् ।

लभ स्टोरी जनरामा बनेको यो फिल्म ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् ।

फिल्मका निर्देशक सुयोग गुरुङ हुन् । फिल्ममा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

प्रकाशित मिति २०८० चैत १७ गते शनिबार १०:०५
हजुरको प्रतिक्रिया