पाेखरा । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना प्रमुख जिल्ला अधिकारीहरूकाे सरूवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेका हुन् ।
गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ । ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ ।
गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ । धनकुटामा गृहबाट बासुदेव दाहाल गएका छन् । रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ। पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालय सरूवा भएको छ ।
यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ ।
पाँचथरमा सहसचिव पठाउँदै आएकोमा यसपटक गृह मन्त्रालयबाट उपसचिवलाई नै प्रजिअ तोकेर पठाइएको हो ।





