पोखरा ।
नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि सुरु हुँदैछ ।
नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो पौने तीन बजेदेखि सुरु हुनेछ ।
नेपाल र बरोडा मंगलबार खेल्नेछन् । चैत्र २१ मा नेपाल र गुजरात तथा चैत्र २३ मा नेपाल र बारोडाबिच खेल हुनेछ ।
फाइनल खेल चैत्र २५ गते हुनेछ । यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्द रहेका छन् ।
नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।
नेपाल त्यहीँबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जानेछ ।
प्रकाशित मिति २०८० चैत १८ गते आइतबार १०:१५