२०८३ असोज २५ गते आइतबार

पोखरामा जुनियर टेनिस हुँदै

पोखरामा जुनियर टेनिस हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १९ गते सोमबार १२:१८

२ लाख ३१ हजार रुपैयाँ पुरस्कार राशीमा खर्च हुने कास्की टेनिस संघका उपाध्यक्ष राजु गुरुङले बताए ।

पोखरा
पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ हुने भएको छ । आयोजक कास्की जिल्ला टेनिस संघले जुनियरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता दाबी गरेको छ ।

चैत २१ देखि २५ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा प्रतियोगिता आयोजना गरेको हो । १४ इभेन्टमा पुरुषतर्फ ४० र महिलातर्फ ३० खेलाडी प्रतिस्पर्धामा उत्रने प्रतियोगिता निर्देशक प्रिती बरालले बताइन् ।

बरालका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ पुरुष र महिलाको सिंगल्स र ओपन डबल्समा प्रतिस्पर्धा हुनेछ ।

२ लाख ३१ हजार रुपैयाँ पुरस्कार राशीमा खर्च हुने कास्की टेनिस संघका उपाध्यक्ष राजु गुरुङले बताए ।

यू–१२ का विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन् ।

यू–१४ का विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय रुपैयँँसहित मेडल प्राप्त गर्नेछन् ।

यू–१६ का विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् ।

अन्य इभेन्टका विजेता र उपविजेतालाई पनि नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति २०८० चैत १९ गते सोमबार १२:१८

हजुरको प्रतिक्रिया