२०८३ साउन २१ गते बिहीबार

युएस ओपन च्याम्पियनसीपकी स्वर्णधारी ऐरिकालाई अमेरिकामा सम्मान

युएस ओपन च्याम्पियनसीपकी स्वर्णधारी ऐरिकालाई अमेरिकामा सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २२ गते बिहीबार ०३:१८

मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो

काठमाडौं ।
अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।

१९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका र युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थितिमा भएको थियो ।

गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेरसमूह स्वर्ण र ६८ केजी तौलसमूहमा रजत पदक हात पारेकी थिइन् ।

यो प्रतियोगिताले आगामी जुलाईमा भुटानमा आयोजना हुने ८ औँ साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौं फर्किनेछ ।

प्रकाशित मिति २०८० चैत २२ गते बिहीबार ०३:१८
हजुरको प्रतिक्रिया