२०८३ असोज २५ गते आइतबार

गण्डकी प्रदेश प्रमुख र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख र बागमती प्रदेश प्रमुखबीच भेटवार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २३ गते शुक्रबार ११:११

प्रदेश प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख निवासमा भट्ट र बागमती प्रमुख शर्माबिच बिहीबार भेटवार्ता भएको हो ।

प्रदेश प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए । उनीहरुले काम र अनुभवहरू साटासाट गरे ।

भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रदेशका सिमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टको सचिवालयले जनाएको छ । उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा निमन्त्रणा गरेका छन् ।

प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ११:११
हजुरको प्रतिक्रिया