पोखरा
मर्दी खोला स्पोर्टस् एकेडेमीको अध्यक्षमा आसा गुरुङ चयन भएकी छन् । पोखरा रामघाटमा शुक्रबार भएको दोस्रो अधिवेशनबाट आसा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा हेमन्त गुरुङ, सचिवमा अनमोल गुरुङ, कोषाध्यक्षमा रोहित गुरुङ र सदस्यहरुमा राज गुरुङ, सुजन गुरुङ र सोनाली गुरुङ चयन भएका छन् ।
२०२१ सालमा स्थापना भएको उक्त एकेडेमीले बास्केटबलको क्षेत्रमा काम गर्दै आएको सचिव अनमोल गुरुङले जानकारी दिए । एकेडेमीले चैत २५ गतेदेखि बास्केटबल प्रशिक्षणसमेत सुरु गर्न लागेको सचिव अनमोलले जानकारी दिए ।
तालिममा सहभागीहरुलाई नेपालको अन्डर १६ प्रमुख प्रशिक्षक प्रेमसुन्दर होनाले प्रशिक्षण गराउनेछन् । प्रशिक्षण प्रतिभा माध्यमिक विद्यालयमा सञ्चालन हुने सचिव अनमोलले बताए ।
प्रकाशित मिति २०८० चैत २३ गते शुक्रबार ०७:१२