२०८३ असोज २५ गते आइतबार

एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनः एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनः एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २६ गते सोमबार ०९:४४

अधिवेशनबाट चुनिने नेतृत्व भने यहाँपनि प्रदेशमा देखीएको गुटले प्रभाव पार्ने एमालेकै नेता बताउँछन् ।

राजु सुवेदी (कल्पित)

नवलपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नवलपुर आउने भएका छन् ।

नेकपा एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटनका लागि पार्टी अध्यक्ष ओली नवलपुर आउने संयोजक मुक्तिराम पाण्डेले जानकारी दिए ।

आज र भोली (चैत्र २६ र २७)सम्म चल्ने एमाले नवलपुरको अधिवेशनमा ७५१ प्रतिनिधी सहित पर्यवक्षक सहभागी हुदैछन् ।

टाढाका प्रतिनिधी हिजै आईसकेको र सम्पुर्ण तयारी पुरा भएको संयोजक पाण्डेले जानकारी दिए ।

अधिवेशनबाट चुनिने नेतृत्व भने यहाँपनि प्रदेशमा देखीएको गुटले प्रभाव पार्ने एमालेकै नेता बताउँछन् ।

खासगरी जिल्लामा पनि पृथ्वी सुब्बा गुरुङ लाईन र खगराज अधिकारी लाईन भएर उम्मेदवारीमा आकांक्षा देखाउने तथा उम्मेदवारीको तयारी भएको बुझिएको छ ।

नेतृत्वको लागी हालका अध्यक्ष मुक्तिराम पाण्डे, होमनाथ जैसी, भिम कडेंललगायतका नाम चर्चामा छन् ।

पाण्डे पिएस समुहका एक्ला दाबेदार उम्मेदवार मानिन्छन् भने उनले पुरा कार्याकाल बिताउन नपाएको भन्दै पुन दोहोरिने बताउँदै आएका छन् ।

आठौं जिल्ला अधिवेशनमा नेतृत्वमा गुटगत लाईन हावी भएपछि तेस्रो पक्षलाई नेतृत्व सुम्पीएको थियो ।

आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएपछि पाण्डेले जिल्लाकै उत्कृष्ट मानिएको मध्यविन्दु क्याप्सको प्रमुखबाट राजिनामा दिएका थिए ।

नेतृत्वका अर्का आकांक्षी जिल्ला सचिवालय सदस्य होमनाथ जैसी र जिल्ला उपसचिव भिम कडेंल रहेका छन् । दुवैजना खगराज लाईनका मानिन्छन् ।

आठौँ अधिवेशनलाई लिएर रुष्ट देखीएका संविधान सभाका सदस्य जिवन श्रेष्ठपनि यसपटक सर्वसहमतिबाटै आफुले नेतृत्वको चाहाना राखेको एमाले श्रोतले बताएको छ भने श्रेष्ठ आफैले पनि पर्ख र हेरको रणनितीमा आफु रहेको बताउँदै आएका छन् ।

अधिवेशनले १०५ सदस्सीय जिल्ला कमिटि चयन गर्नेछ । जिल्ला कमिटिमा १५ प्रतिशत युवा र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने संयोजक पाण्डेले जानकारी दिए ।

अधिवेशनको आज दिउँसो १२ बजे आलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति २०८० चैत २६ गते सोमबार ०९:४४
हजुरको प्रतिक्रिया