२०८३ साउन २१ गते बिहीबार

इक्यान कास्कीले शैैक्षिक बहस गर्दै

इक्यान कास्कीले शैैक्षिक बहस गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २६ गते सोमबार ०५:२५

शैक्षिक मेलाको विकल्पमा इक्यान कास्कीले चैत ३० गते बहस कार्यक्रम आयोजना गरेको हो

पोखरा
नेपाल शैैक्षिक परामर्श संघ (इक्यान) कास्कीले शैक्षिक बहस कार्यक्रम सञ्चालन गर्ने भएको छ । शैक्षिक मेलाको विकल्पमा इक्यान कास्कीले चैत ३० गते बहस कार्यक्रम आयोजना गरेको हो ।
वैदेशिक अध्ययन र यसले पारेका सकरात्मक प्रभावबकाबारेमा हुने बहसको नाम इडियू थ्रिसिक्सटी दिइएको छ ।

एक दिने बहस कार्यक्रममा तिन वटा सेसन हुने इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए । पहिलो र दोस्रो सेसनमा अन्तरक्रिया हुने उनले बताए । तेस्रो सेसनमा वक्ताका विचार प्रस्तुत हुनेछ । गण्डकी विश्वविद्यालयका डिन प्राध्यापक डा. कपिल अधिकारी, इक्यानका अध्यक्ष शेषराज भट्टराईले वैदेशिक अध्ययनले पार्ने प्रभावबारे बहस गर्नेछन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिपास्ट गण्डकीका कार्यकारी निर्देशक ढाकाराम भण्डारीबीच शिक्षाका नीतिबारे वहस हुनेछ । अभिनेता राजेश हमालले राष्ट्र निर्माणका लागि विश्वव्यापि शिक्षाबारे भनाइ राख्नेछन् ।

विश्वव्यापी शिक्षा सम्बन्धि शिक्षाविद्, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र सरोकारवालासँग स्वस्थ्य छलफल हुने उनको भनाइ छ । ‘कार्यक्रमले वैदेशिक अध्ययनको सकरात्मक प्रभाव बुझाउनेछ’, शाहीले भने । गुणस्तरीय शिक्षामा बहस कोशेढुंगा बन्ने आयोेजकको दाबी छ ।

प्रकाशित मिति २०८० चैत २६ गते सोमबार ०५:२५
हजुरको प्रतिक्रिया