२०८३ असोज २३ गते शुक्रबार

पोखरा थिएटरमा उपेन्द्र सुब्बाका कविता मञ्चन हुँदै

पोखरा थिएटरमा उपेन्द्र सुब्बाका कविता मञ्चन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ३ गते सोमबार ०७:२०

उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र मनसरा वैशाख २१ गतेदेखि देशैभर रिलिज हुँदैछ ।

पोखरा
पोखरा गैह्रापाटनस्थित पोखरा थिएटरमा कविता मञ्चन कार्यक्रम हुने भएको छ । पोखरा थिएटर मुक्तक मञ्चको आयोजनामा वैशाख ८ गते शनिबार कविता मञ्चन कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा कवि, कलाकार, निर्देशक उपेन्द्र सुब्बासहित नायिका मिरुना मगर, कलाकार प्रविण खतिवडा र मेनुका प्रधानले कविता मञ्चन गर्नेछन् ।

साथै चलचित्र मनसराका टिमको पनि उपस्थिति रहने छ । पोखरा थिएटरका कलाकारहरूको रङ्गमञ्चीय प्रस्तुति कविता मञ्चन कार्यक्रम पनि रहने आयोजकले जनाएको छ । कार्यक्रम शनिबार दिउँसो ३ देखि साढे ४ बजेसम्म चल्नेछ ।

उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र मनसरा वैशाख २१ गतेदेखि देशैभर रिलिज हुँदैछ ।

 

 

प्रकाशित मिति २०८१ वैशाख ३ गते सोमबार ०७:२०
हजुरको प्रतिक्रिया