२०८३ असोज २३ गते शुक्रबार

आलु महोत्सवमा साढे ३ करोड बढी कारोबार

आलु महोत्सवमा साढे ३ करोड बढी कारोबार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ६ गते बिहीबार १२:५६

हेमजामा भएको राष्ट्रिय आलु महोत्सवमा ३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

पोखरा
हेमजामा भएको राष्ट्रिय आलु महोत्सवमा ३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । चैत २५ देखि बैशाख ५ गतेसम्म महोत्सव भएको हो । महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलु बिक्रीवितरण भएको थियो । आलु मात्रै ३० लाख ६५ हजार ७२० रुपैयाँको कारोवार भएको छ ।

७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार ४४५ घरपरिवारले आलु खरिद गरेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले बताए ।

एनका अनुसार आलु खरिद गर्न कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँबाट उपभोक्ता आएका थिए ।

एक जनाले न्यूनत्तम ५ किलोदेखि अधिकमत् ३ सय किलोसम्म खरिद गरेका छन् । हेमजाको आलु उपभोक्ताले स्वादिष्ट भएकाले रुचाउँछन् ।

पछिल्ला वर्षहरुमा हेमजाले आलु गाउँको परिचय बनाएकोे छ । आलु लगायत अन्य सामग्रीको गरेर ३ करोड ७० लाखको रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति २०८१ वैशाख ६ गते बिहीबार १२:५६
हजुरको प्रतिक्रिया