२०८३ साउन २१ गते बिहीबार

प्रतिपक्ष अनुपस्थित भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

प्रतिपक्ष अनुपस्थित भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख ७ गते शुक्रबार ०४:५३

प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर बैठक स्थगित गरिएको छ ।

पोखरा
गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर बैठक स्थगित गरिएको छ । बैठकमा प्रतिपक्ष दलहरु अनुपस्थित भएपछि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले सभालाई जानकारी गराए ।

यसअघि सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय लिएका थिए । विपक्षीबिनै बसेको प्रदेश सभा बैठक अधिवेशन आह्वानको पत्र सुनाएर स्थगित भएको हो ।

यसअघि बैठक बिना विभागीय मन्त्री हरिबहादुर चुमानले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रकाशित मिति २०८१ वैशाख ७ गते शुक्रबार ०४:५३
हजुरको प्रतिक्रिया