२०८३ साउन २१ गते बिहीबार

ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

ओलीलाई नेकपा अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस ७ गते मंगलबार ०२:०३

पाेखरा । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ। मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले...

माधव नेपाल नेकपाका अर्का अध्यक्ष

पाेखरा । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए।

स्थायी कमिटीको बैठक उक्त निर्णय अहिले भइरहेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीले पास गर्नेछ।

नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए।

प्रकाशित मिति २०७७ पुस ७ गते मंगलबार ०२:०३
हजुरको प्रतिक्रिया