२०८३ असोज २५ गते आइतबार

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृंखला आजदेखि

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृंखला आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १५ गते शनिबार ०९:४३

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदै छ भने वेस्ट इन्डिज ‘ए’ ले रोस्टन चेसको कप्तानीमा श्रृंखला खेल्दैछ ।

पोखरा ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।

पहिलो खेल आज दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रँदै छ भने वेस्ट इन्डिज ‘ए’ ले रोस्टन चेसको कप्तानीमा श्रृंखला खेल्दैछ ।

हिजोमात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । हिजो थपिएका ४ खेलाडीमा कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल छन् ।

नेपाली क्रिकेट टोलीका कप्तान पौडेलले विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको शृंखला खेल्ने बताएका छन् ।

त्यस्तै वेस्ट इण्डिज ‘ए’ का कप्तान चेसले विश्वकपको तयारीका लागि यो शृंखला महत्वपूर्ण हुने बताए ।

श्रृंखलाको दोस्रो खेल भोलि आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदान मै हुनेछन् ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृंखला खेल्न लागेको हो ।

यो श्रृंखलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

नेपालको टोली :-
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्ट इन्डिज ‘ए’ टोली :-
रोस्टन चेस (कप्तान), एलिक अथान्जे, फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

प्रकाशित मिति २०८१ वैशाख १५ गते शनिबार ०९:४३
हजुरको प्रतिक्रिया