२०८३ असोज २५ गते आइतबार

पोखरामा विद्यालयस्तरीय र वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरामा विद्यालयस्तरीय र वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २५ गते मंगलबार ०८:०२

पोखरामा विद्यालयस्तरीय र वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

पोखरा
पोखरामा विद्यालयस्तरीय र वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेशन र पोखरा महानगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

तेस्रो संस्करणको अन्तर विद्यालय मोहन मेमोरियल र पोखरा महानगरपालिका वडास्तरीय प्रतियोगिता हुनेछ । विद्यालयस्तरीयमा देशभर विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आधारभूत तहमा अध्ययनरत विद्यार्थीले यु–१३ छात्र/छात्रा, माध्यमिक तहमा पढ्ने विद्यार्थीले यु–१९ छात्र/छात्रा विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यु–१३ का विजेताले गिफ्ट ह्याम्पर हात पार्दा यु–१९ का विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
पोखरा महानगरपालिका वडास्तरीयमा महिला पुरुष सिंगल र डबल्स विधामा प्रतिस्पर्धा हुनेछ । महिला पुरुषतर्फ दुवै विधाका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रुपैयाँको साथमा मेडल हात पार्ने आयोजकले जानकारी दिएको छ ।

करिब चार सय खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् । बैशाख २७ देखि २९ गतेसम्म पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति २०८१ वैशाख २५ गते मंगलबार ०८:०२
हजुरको प्रतिक्रिया