२०८३ साउन २१ गते बिहीबार

पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा

पोखरा स्पोर्टस् अवार्डको तयारी पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख २७ गते बिहीबार ०७:४५

आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डकोे तयारी पूरा भएकोे छ

पोखरा
आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डकोे तयारी पूरा भएकोे छ । शुक्रबार दिउँसो पोखरा सभागृहमा आयोजित कार्यक्रममा अवार्ड वितरण हुनेछ ।

७ विधामा खेलाडी, खेल संघ र पत्रकारलाई सम्मान गरिनेछ । बैशाख १७ गते आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले चार विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।

उत्कृष्ट तीन खेलाडीमध्ये सर्वोत्कृष्टले अवार्ड पाउने खेलकुद मञ्चका अध्यक्ष दीनानाथ शर्माले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी महिलाको मनोनयनमा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी परेका छन् । महिलातर्फ आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर, आर्चरीकी अनुष्का शेरचन र भलिबलकी अरुणा शाही मनोनयनमा अटाएका छन् ।

वर्षोत्कृष्ट खेलाडी महिला तथा पुरुषले टेलजीको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदयमान खेलाडीमा खेलाडीमा क्रिकेटकी ज्योत्सीका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन् ।

उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका हुन् । अध्यक्ष बरालका अनुसार उदयमान खेलाडी र प्रशिक्षकलाई ३५ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिनेछ ।

लाइफ टाइम अचिभमेण्ट अवार्डबाट यो वर्ष एथलेटिक्सकी प्रशिक्षक इन्द्रा मल्ललाई सम्मान प्रदान गरिने भएको छ । चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले उनलाई सम्मान गरिनेछ ।

उत्कृष्ट खेल संघको अवार्ड सहारा क्लब पोखरा र उत्कृष्ट खेल पत्रकारको अवार्ड रोहितराज पराजुलीलाई प्रदान गर्ने प्रतिभा छनोट समितिले निर्णय गरेको छ ।

खेल संघ र पत्रकारलाई पनि ३५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । ओलम्पियन नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्डले सम्मानित गरिनेछ ।

 

प्रकाशित मिति २०८१ वैशाख २७ गते बिहीबार ०७:४५
हजुरको प्रतिक्रिया