२०८३ साउन २१ गते बिहीबार

गजल सन्ध्याले भाेली डा. निरज भट्टराईलाई गजल प्रतिभा पुरस्कार प्रदान गर्ने

गजल सन्ध्याले भाेली डा. निरज भट्टराईलाई गजल प्रतिभा पुरस्कार प्रदान गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस १० गते शुक्रबार ०७:१७

पाेखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार भाेली सनिबार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याएका...

पाेखरा । यस वर्षको गजल प्रतिभा पुरस्कार भाेली सनिबार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईले नेपाली गजलमा पु¥याएका योगदानको कदर गर्दै प्रदान गरिने निर्णय भएको गजल सन्ध्याले जनाएको छ ।

सन्ध्याका सल्लाहकार तथा पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा सल्लाहकारद्वय दिलिप दोषी र बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित रु. १ लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद रु. १५ हजार, ५ सय ५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।

‘मेरो भन्नु केही छैन’ र ‘तलाश’ गरी २ गजलसङ्ग्रहका साथै ‘धुवाँको धागो’ नामक कवितासङ्ग्रह प्रकाशन गरिसकेका डा. भट्टराईका करिब १ दर्जन गीत तथा गजल रेकर्ड भएका छन् । यसअघि मोतीराम भट्ट–तन्नेरी गजल पुरस्कार र राष्ट्रिय शान्ति गीत पुरस्कारबाट पुरस्कृत प्रतिभा भट्टराईको ‘पल्लव’ नामक गीत–गजलको एल्बम पनि बजारमा आएको छ ।
तनहुँको भानु नगरपालिका–६, चुँदीमा जन्मेका उनी हाल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालमा कार्डियो थोरासिक एण्ड भास्कुलर सर्जन तथा जनस्वास्थ्यविद्का रुपमा कार्यरत छन् ।

सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, गाविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।

सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्ष भने कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिका कारण मोती जयन्तीकै अवसरमा प्रदान गर्न नसकिएको हुँदा भाेली सनिबार विशेष समाराेहकाे आयाेजना गरेर प्रदान गर्न लागिएकाे सन्ध्याका अध्यक्ष मोहन भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति २०७७ पुस १० गते शुक्रबार ०७:१७
हजुरको प्रतिक्रिया