२०८३ असोज २५ गते आइतबार

सन्दीपलाइ क्यानले आईसीसी टी–२० खेल्न पठाउने

सन्दीपलाइ क्यानले आईसीसी टी–२० खेल्न पठाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २ गते बुधबार ०६:५७

क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै लामिछाने निलम्बनमा परेका थिए । बुधबार उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेसँगै क्यानले बाँकी प्रक्रिया अगाडि बढाउन साँझ नै छलफल गरि निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यसमिति सदस्य दुर्गाराज पाठकले बताए ।

‘अन्ततः उनले (सन्दीपले) न्याय पाएका छन् । सन्दीपको निलम्बन फुकुवा गर्ने देखि विश्वकपमा पठाउनेबारे छलफल गर्न क्यानले आज साँझ नै छलफल गर्दै छ । क्यानले उनलाई विश्वकप खेल्न पठाउँछ,’ पाठकले भने ।

नेपालले यसअघि नै विश्वकप खेल्ने टोलीको टुंगो लगाइसकेको छ । सन्दीपको ठाउँमा क्यानले लेग स्पिनर सागर ढकाललाई पठाएको थियो ।

अब कुन खेलाडीलाई हटाउने भन्नेबारे टिम क्याप्टेन र मुख्य प्रशिक्षकले निर्णय गर्ने समेत पाठकको भनाइ छ ।बैठकले सन्दीपको निलम्बन फुकुवा गरेसँगै टी २० विश्वकप खेल्न जानका लागि प्रक्रिया अघि बढ्ने छ । विश्वकप खेल्ने टोली पहिला घोषणा गरे पनि मे २५ तारिखसम्म फेरबदल गर्न पाइने व्यवस्था छ ।

प्रकाशित मिति २०८१ जेठ २ गते बुधबार ०६:५७
हजुरको प्रतिक्रिया