२०८३ असोज २५ गते आइतबार

मदन–आश्रित स्मृति दिवसको अवसरमा सरसफाई

मदन–आश्रित स्मृति दिवसको अवसरमा सरसफाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ ३ गते बिहीबार १०:४२

मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण पनि गराएको छ ।

हरिकृष्ण गौतम

म्याग्दी ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण पनि गराएको छ ।

उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले प्रवेशद्धार क्षेत्रमा देखिएको समस्या समाधान तथा बसपार्क हुदै गन्तब्यमा जाने यात्रुलाई सकारात्मक सन्देश दिने गतिविधि र होटलका गुनासो सुधार हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा बेनीबजारका बारेमा नकारात्मक टिप्पणी भइरहेको भन्द सुधारका आवश्यकता भएका क्षेत्रमा तत्काल सुधार र अनावश्यक प्रचारप्रसार गर्नेलाई सचेत बनाउनुपर्ने बताइएको थियो ।

नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, पूर्वमन्त्री नरदेबी पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा कालिपुलको प्रवेशद्धारदेखि बसपार्कसम्म सरसफाई गरिएको थियो ।

 

प्रकाशित मिति २०८१ जेठ ३ गते बिहीबार १०:४२
हजुरको प्रतिक्रिया