२०८३ असोज २३ गते शुक्रबार

पोखरा कलेज अफ म्यानेजमेन्टमा ‘पिसीएम फेस्टवल’

पोखरा कलेज अफ म्यानेजमेन्टमा ‘पिसीएम फेस्टवल’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १३ गते आइतबार ११:०१

पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले फेस्टिवल आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ ।

पोखरा ।

पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम) मा पिसीएम फेस्टिवल भएको छ ।

पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले फेस्टिवल आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ ।

कलेजका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी भएको कार्यक्रमको प्रमुख अतिथि एवं कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।

‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो’, प्राचार्य श्रेष्ठले भनिन् ।

स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको उनको भनाइ थियो ।

हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि ’पिसीएम फेस्टिवल’ पनि थपिएको छ ।

यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए ।

औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए ।

आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए ।

विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।

प्रकाशित मिति २०८१ जेठ १३ गते आइतबार ११:०१
हजुरको प्रतिक्रिया