२०८३ असोज २३ गते शुक्रबार

सुरु भयो श्रमाधान रोजगार मेला

सुरु भयो श्रमाधान रोजगार मेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २१ गते सोमबार ०३:१३

पाेखरा । पाेखरामा श्रमाधान रोजगार मेला सुरु भएको छ । पोखरा इभेन्ट सेन्टरमा सुरु मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे । श्रम,...

पाेखरा ।
पाेखरामा श्रमाधान रोजगार मेला सुरु भएको छ ।

पोखरा इभेन्ट सेन्टरमा सुरु मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्था छन् ।

मेलामा विभिन्न खालका ३९ वटा स्टल राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।

मंगलबारसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ । कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिने छ ।

प्रकाशित मिति २०८१ जेठ २१ गते सोमबार ०३:१३

हजुरको प्रतिक्रिया